राजनीति
एमाले सचिवालय बैठक बस्दै, समानुपातिक सूचीलाई अन्तिम रूप दिने तयारी
आइतबार, १३ पुस २०८२, ०८ : १०
१
सारांश
- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान ११ बजे च्यासलमा बस्ने भएको छ।
- बैठकमा आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबारे छलफल हुनेछ।
- अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले उम्मेदवारहरूको सर्टलिस्ट तयार पारेका छन्।
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार ११ औँ महाधिवेशनपछि आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले एमालेले उक्त सूचीबारे छलफल गर्न बैठक बोलाएको एक नेताले जानकारी दिए ।
आकांक्षीहरुको नाम संकलन गरेर अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सर्टलिस्ट तयार पारिसकेको बताइएको छ ।
बैठकमा नेताहरूको कार्य विभाजन लगायत आन्तरिक विषयमा समेत छलफल र निर्णय हुन सक्ने ती नेताको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण