बंगलादेश प्रिमियर लिग : मैदानमै ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षकको निधन
सारांश
- बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत ढाका क्यापिटल्सका सहायक प्रशिक्षक महबूब अली जाकीको खेल सुरु हुनुअघि निधन भयो।
- राजशाही वारियर्सविरुद्धको खेलका लागि तयारी गर्दै गर्दा ५९ वर्षीय जाकी मैदानमै बेहोस भएर ढलेका थिए।
- जाकी बंगलादेशको क्रिकेट विकासमा योगदान पुर्याउने पेस बलिङ विकासका विशेषज्ञ प्रशिक्षक थिए।
ढाका । बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत शनिबार एउटा स्तब्ध बनाउने घटना घटेको छ। ढाका क्यापिटल्सका सहायक प्रशिक्षक महबूब अली जाकीको खेल सुरु हुनुभन्दा केही मिनेटअघि मैदानमै निधन भएको हो।
सिलहट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राजशाही वारियर्सविरुद्धको खेलका लागि तयारी गरिरहेका बेला उनी एक्कासि बेहोस भएर ढलेका थिए। मैदानमा उपस्थित मेडिकल टोलीले उनलाई तत्काल सीपीआर दिएर एम्बुलेन्समार्फत अल हरामैन अस्पताल पुर्याए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरे।
५९ वर्षीय जाकीको यसअघि कुनै गम्भीर स्वास्थ्य समस्या नरहेको टोलीका अधिकारीहरूले बताएका छन्। उनको आकस्मिक निधनको खबरले रंगशालामा रहेका खेलाडी र दर्शकहरू स्तब्ध बनेका थिए।
घटनापछि तस्किन अहमदसहित विभिन्न टोलीका खेलाडीहरू अस्पताल पुगेका थिए। जाकीको निधनप्रति बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले गहिरो दुःख व्यक्त गर्दै उनलाई पेस बलिङ विकासको एक विशेषज्ञ प्रशिक्षकको रूपमा स्मरण गरेको छ।
पूर्वतीव्र गतिका बलरसमेत रहेका जाकीले बंगलादेशको क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए। सन् २०१६ को टी–२० विश्वकपमा बलर तस्किन अहमदको बलिङ एक्सनमा प्रश्न उठ्दा उनले सुधारका लागि मुख्य भूमिका खेलेका थिए।
जाकी बंगलादेशले सन् २०२० मा ऐतिहासिक यू–१९ विश्वकप जित्दाको प्रशिक्षक टोलीका सदस्य समेत थिए। सन् २००८ देखि बीसीबीको हाई पर्फर्मेन्स कोचका रूपमा सक्रिय उनले देशका थुप्रै युवा तीव्र गतिका बलरहरूलाई निखार्ने काम गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण