बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो चरण सुरु हुँदैछ : महासचिव पोखरेल

आइतबार, १३ पुस २०८२, ११ : ०३
आइतबार, १३ पुस २०८२

सारांश

  • एमाले महासचिव शंकर पोखरेलले नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो चरण सुरु हुन लागेको बताए।
  • उनले भदौ २३ र २४ गतेका घटनालाई भूराजनीतिक द्वन्द्वको गोटी बनाइएको आरोप लगाए।
  • पोखरेलले देशभक्त शक्तिहरूलाई सचेत र एकजुट हुन आह्वान गरे।

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो चरण सुरु हुन लागेको बताएका छन् । महासचिव पोखरेलले भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण रहेको र अब दोस्रो चरण सुरु हुन लागेको बताएका हुन् । 

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महासचिव पोखरेलले भनेका छन्– ‘भाद्र २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो। अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ। यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ।’

उनले नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्ने समेत बताएका छन् । महासचिव पोखरेलले भाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरिएको त्यसको आडमा भदौ २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गरिएको समेत आरोप लगाएका छन् ।

अहिले यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै गएको पनि उनले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भए लगत्तै महासचिव पोखरेलको यस्तो प्रतिक्रिया आएको हो । 

Capture

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप