जेनजी आन्दोलनको स्मरणमा ‘नदबिने आवाज’ सामूहिक कला प्रदर्शनी
काठमाडौँ । गत भदौ २३ गते भएको जेनजी आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना भएको छ ।
प्रदर्शनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद् भवन) अगाडिको सडक पेटीमा आइतबार ‘नदबिने आवाज’ आयोजना गरिएको हो ।
प्रदर्शनीमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मृति, सुशासनको माग र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा विभिन्न कलाकृति प्रदर्शित गरेका छन् ।
गत भदौ २३ र २४ गते भ्रष्टाचार र बेथितिविरुद्ध सुरु भएको जेनजी युवा आन्दोलनले देशमा ठुलो राजनीतिक परिवर्तन ल्याएको थियो ।
आन्दोलनका क्रममा दर्जनौँ युवाले ज्यान गुमाएका थिए भने सयौँ घाइते भएका थिए । यो आन्दोलनले तत्कालीन सरकारलाई नै परिवर्तन गर्न बाध्य बनाएको थियो ।
कलाकारहरूले यो प्रदर्शनीमार्फत युवाहरूको दबिएको आवाजलाई कलाको माध्यमबाट जीवन्त बनाउने प्रयास गरेका छन् ।
प्रदर्शनीमा विभिन्न चित्रकला, मूर्तिकला र अन्य कलाकृति प्रदर्शित छन् । यो कार्यक्रमले आन्दोलनको भावनालाई जीवित राख्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण