उपसभामुख राना मगर गाडी बुझाएर संसद् सचिवालयबाट बिदा भइन्
काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले सङ्घीय संसद् सचिवालयबाट बिदा भएकी छन् ।
सङ्घीय संसद् सचिवालयमा रहेको आफ्नो निजी सचिवालयलाई आफूले प्रयोग गरेको गाडी बुझाएर फर्किएको जानकारी पाएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।
निजी सचिवालयले भने गाडी बुझाएको जानकारी आइनसकेको प्रवक्ता गिरीले रातोपाटीलाई जानकारी दिए ।
संविधानमा प्रतिनिधिसभा विघटन भएको अवस्थामा अर्को निर्वाचनका लागि उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिन सभामुख उपसभामुखको कार्यकाल सकिने उल्लेख छ ।
संविधानमा स्पष्ट नभएकाले उम्मेदवारी दाखिला गर्ने दिन समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाउने अघिल्लो दिन मान्ने कि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मान्ने भन्नेमा विवाद छ ।
यता सभामुख देवराज घिमिरेले भने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन छोड्ने जानकारी उनको सचिवालयले गराएको छ ।
निर्वाचन आयोगले समानुपातिक तर्फको सूची बुझाउने पुस १३ र १४ गते तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने माघ ६ गतेका लागि मिति तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण