रवि र बालेनले राजसंस्थाको मुद्दा बोक्न सके रूपान्तरण सम्भव हुन्छ : रवीन्द्र मिश्र
सारांश
- राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले सुशासन र भ्रष्टाचार नियन्त्रणले मात्रै नेपाल धान्न नसक्ने बताएका छन्।
- उनले बदलिएको भूराजनीतिक अवस्था र आन्तरिक परिवेशका कारण फरक राजनीतिक सोच आवश्यक रहेको उल्लेख गरे।
- मिश्रले संवैधानिक राजसंस्थालाई प्रजातान्त्रिक फ्रेमवर्कभित्र स्थान दिनुपर्ने र रूपान्तरणको एजेन्डासँगै राजसंस्थाको मुद्दा उठाउनुपर्नेमा जोड दिए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले भावी नेपाललाई केवल सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेन्डाले मात्र धान्न नसक्ने बताएका छन् ।
रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच एकै पार्टीमा रहनेसम्बन्धी ७ बुँदे सहमति भएपछि आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै मिश्रले व्यापक रूपमा बदलिएको भूराजनीतिक अवस्था र नेपालको आन्तरिक परिवेशका कारण अब नेपाललाई फरक ढंगको राजनीतिक सोच आवश्यक भएको उल्लेख गरेका हुन्।
प्रजातान्त्रिक फ्रेमवर्कभित्र संवैधानिक राजसंस्थालाई स्थान नदिने हो भने राष्ट्रिय संकटका घडीमा अभिभावकत्व ग्रहण गर्ने संस्थागत विकल्प कमजोर हुँदै जाने उनको दाबी छ । ।
'भावी नेपाललाई अब केवल सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेन्डाले मात्र थेग्न सक्दैन,' उनले लेखेका छन्, 'प्रजातन्त्रभित्र संवैधानिक राजसंस्थाको जगेर्ना नगर्ने हो भने हाम्रा आशा र उत्साह पुनः धुमिल हुनेछन्।'
मिश्रले रूपान्तरणको एजेन्डासँगै राजसंस्थाको मुद्दा पनि बोकेमा आउने केही दशक रवि र बालेनकै दशक हुने दाबी गरेका छन् । त्यसो हुन सके नेपालको ऐतिहासिक रूपान्तरण सम्भव हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण