तराई-मधेसमा शीतलहर
चिसो बढेपछि धनगढीका चोक-चोकमा आगो ताप्दै सर्वसाधारण, तस्बिरहरू
आइतबार, १३ पुस २०८२, १६ : ४१
धनगढी । धनगढीमा केही दिनयता बाक्लो कुहिरो र शीतलहरसँगै चिसो ह्वात्तै बढेको छ । लगातारको चिसो र घाम नलाग्दा जनजीवन प्रभावित भएको छ ।
अत्यधिक जाडो बढेपछि स्थानीयहरूले चोकचोकमा मुडा बालेर शरीर न्यानो बनाउने प्रयास गरिरहेका छन् । धनगढीका मुख्य बजार तथा गल्लीमा मानिसहरू भेला भएर आगो तापिरहेको दृश्य देख्न सकिन्छ ।
विशेषगरी बजारका पसले, व्यापारी तथा दैनिक मजदुरी गर्ने वर्गलाई चिसोले बढी सताएको छ । लामो समयदेखि घामको मुख देख्न नपाएपछि उनीहरू कामसँगै आगोको सहारा लिन बाध्य छन् । धनगढी उपमहानगरपालिकाले आगो ताप्न ठाउँठाउँमा मुडा राखिदिएको छ ।
तस्बिरहरू
_8Y9kCm8qDy.jpg)
_GCo9CLotNc.jpg)
_OSGXSa28Hw.jpg)
_4JWwcKcD6p.jpg)
_xXo2KlbV3G.jpg)
_l0IeYdWI1g.jpg)
_yxPIwfRDaU.jpg)
_0vmBvQ4LYU.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण