न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने पक्राउ
सारांश
- प्रहरीले न्युजिल्याण्डमा रोजगारीको प्रलोभन देखाई लाखौं ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सुनसरीका विशाल कटुवाल छन्, जसले युवायुवतीलाई न्युजिल्याण्ड पठाउने भन्दै रकम असुलेका थिए।
- पीडितको उजुरीपछि उनलाई कीर्तिपुरबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
काठमाडौँ। आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौँको कीर्तिपुर बस्ने ३८ वर्षीय विशाल कटुवाल रहेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गत पुस ११ गते कीर्तिपुरबाट नियन्त्रणमा लिएको हो। कटुवालले बेरोजगार युवायुवतीलाई न्युजिल्याण्डमा राम्रो काम र तलब पाउने आशा देखाएर १० लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो।
पीडितबाट पैसा लिएपछि लामो समयसम्म न्युजिल्याण्ड नपठाएको र सम्पर्क विहीन भएपछि पीडितले जाहेरी दिएका थिए। पक्राउ परेका कटुवाललाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण