आयाेगले लियाे निर्वाचनको सुरक्षा तयारीबारे जानकारी
काठमाडौँ । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको सुरक्षा तयारीका बारेमा सुरक्षा निकायसँग जानकारी लिएको छ ।
आइतबार आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा आयोगले निर्वाचनको सुरक्षाको विषयमा जानकारी लिएको हो ।
बैठकमा राष्ट्रियसभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि भइरहेको तयारीका बारेमा सबै सुरक्षा निकायले जानकारी गराएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको आइतबारको बैठक राष्ट्रियसभा निर्वाचनको सुरक्षामात्रै केन्द्रित रहेको उनले बताए ।
त्यस्तै प्रवक्ता भट्टराईले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरोकारवाला लगायतको सुझावका आधारमा आचारसंहिता स्वीकृत गरेको जानकारी दिए ।
आचारसंहिता लागू हुने मिति भने केहि दिनमा सार्वजनिक गरिने उनको भनाइ छ । उनले आचारसंहितालाई सबैले पालना गरेर निष्पक्ष, स्वच्छ, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा राखे ।
आचारसंहितामा राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ ।
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीका उम्मेदवारको सङ्ख्याका आधारमा दलहरू खर्चको सीमामा रहनुपर्ने पनि आचारसंहितामा उल्लेख छ ।
दल, उम्मेदवार र पार्टीका नेता कार्यकर्ताले विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाउने, एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न नपाउने लगायतका विषय आचारसंहितामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदयरोग केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण