सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मल विक्री–वितरणमा पारदर्शीता : मन्त्रालयले ल्यायो अनुदानको मल वितरण सूचना प्रणाली

आइतबार, १३ पुस २०८२, १८ : २१
आइतबार, १३ पुस २०८२

काठमाडाैँ । कृषकलाई अनुदानमा वितरण गरिने रसायनिक मलको खरिद तथा विक्री-वितरण कार्यलाई व्यवस्थित एवं पारदर्शी बनाउन अनुदानको मल वितरण सूचना प्रणाली प्रयोगमा ल्याइएको छ । 

कृषि तथा पशुपन्छी मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै रसायनिक मलको खरिद तथा विक्री-वितरण कार्यलाई व्यवस्थित एवं पारदर्शी बनाउन अनुदानको मल वितरण सूचना प्रणाली प्रयोगमा ल्याइएको जनाएकाे छ । 

'यस प्रणाली मार्फत मलको आयात, स्टक र विक्री-वितरण सम्वन्धी अद्यावधिक विवरण जुनसुकै समयमा हेर्न सकिने व्यवस्था गरिएको छ । खासगरी अनुदानमा वितरण गरिने मलको वितरण कार्यमा विक्रेताले पक्षपात गर्ने, बढी मूल्य लिने, अनाधिकृत व्यक्ति तथा संस्थालाई बेच्ने भन्ने जस्ता गुनासोलाई सम्बोधन हुने गरी यस प्रणाली मार्फत् मल विक्रेता सहकारी वा फर्मले पाएको मलको कोटा, स्टकको विवरण र सबैभन्दा महत्वपूर्ण कुरा प्रत्येक पटक विक्रेता सहकारी वा फर्मले पाएको कोटाको मल कुन कृषकलाई के-कति परिमाणमा विक्री गरेको बारेमा विस्तृत विवरण जो सुकैले पनि हेर्न सकिने गरी व्यवस्था गरिएको छ,'मन्त्रालयद्वारा जारी सूचनामा भनिएकाे छ ।

यसका लागि मन्त्रालयको वेभसाइटमा गई “हाम्रो सेवाहरु” मा रहेको "अनुदानको मल वितरण सूचना प्रणाली" मा गई आफ्नो स्थानीय तह छनौट गरी अनुदानित मलको स्टक तथा विक्रि वितरण सम्बन्धी विवरण हेर्न सकिनेछ ।

मल विक्रेताले अनुदानको मल विक्री वितरण सम्बन्धी विवरण इन्ट्री गरेपश्चात् मात्र अनुदानको मल वितरण सूचना प्रणालीमा देखिने भएकाले मल विक्रेता सहकारी र फर्मले मलको स्टक र विक्री सम्बन्धी विवरण नियमित रुपमा उक्त प्रणालीमा प्रविष्ट गरिदिन अनुरोध गरिएकाे छ । 

कृषकलाई यस सुविधाको उपयोग गरि मल वितरण कार्यलाई पारदर्शी बनाउने मन्त्रालयको प्रयासमा सहयोग गर्न भनिएकाे छ ।

607161259_1571325687522039_9010551744117661677_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप