नेकपाको समानुपातिक उम्मेदवार टुङ्ग्याउने जिम्मा प्रचण्ड र माधवलाई
काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक उम्मेदवार टुङ्ग्याउने जिम्मा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई दिइएको छ ।
नेकपाले एकता प्रक्रियामा आएका सबै घटकलाई मिलाउने र निर्वाचन आयोगले दिएको मापदण्ड बमोजिम उम्मेदवार छनोट गर्ने जिम्मा प्रचण्ड र नेपाललाई दिएको नेता शक्ति बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार केहि जिल्ला बाहेक सबै ठाउँबाट उम्मेदवार सिफारिस भएर केन्द्रमा आएको र त्यसलाई अन्तिम रूप दिएर भोलि निर्वाचन आयोगमा बन्दसूची बुझाउने बताए ।
’उम्मेदवार छनोट गर्ने जिम्मा संयोजक र सहसंयोजकलाई दिइएको छ । प्राय सबै जिल्लाबाट उम्मेदवार सिफारिस भएर आएका छन् । केही जिल्लाको बाँकी छ । सबै जिल्लाको आएपछि शीर्ष नेतृत्वले अन्तिम रूप दिनुहुन्छ । हामी भोलि नै निर्वाचन आयोगलाई बन्दसूची बुझाउँछौँ’, बस्नेतले भने ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फ ११० जना उम्मेदवारको बन्दसूची रितपूर्वक बुझाउन आयोगले भोलिसम्मको समय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण