गोरखाको हुलाक कार्यालय देशकै सर्वोत्कृष्ट
गोरखा । प्रविधिमैत्री, पारदर्शी, विश्वासनीय तथा द्रुत सेवा सञ्चालनमा अग्रणी स्थान हाँसिल गर्दै गोरखा जिल्ला हुलाक कार्यालय देशकै उत्कृष्ट बन्न सफल भएको छ ।
हुलाक विभागद्वारा लागु गरिएका विभिन्न मापदण्ड सबैभन्दा पहिले पूरा गरी जिल्ला हुलाक कार्यालय गोरखा सर्वोत्कृष्ट बन्न सफल भएको हो ।
यहाँको हुलाक कार्यालयले जिल्लाका सबै कर्मचारीलाई कम्प्युटर, इन्टरनेट तथा सवारी चालक प्रशिक्षण दिएर आधुनिक ‘प्रविधिमा पोख्त’ बनाउन सफल भएको छ ।
जिल्ला हुलाक र पालिका हुलाक कार्यालयमा गरी जिल्लामा ६५ जना हुलाक कर्मचारी छन् । कार्यालय प्रमुख विनोद गैरेले भने,“६५ जनामध्ये ५० वर्षभन्दा कम उमेरका सबैलाई कम्प्युटर, इन्टरनेट तालिम र मोटरसाइकल तथा स्कुटर ड्राइभिङ तालिम दिएर प्रविधिमैत्री बनाइसक्यौँ । ५० jर्षभन्दा बढी उमेरका इच्छुकलाई तालिम दिएर दक्ष बनाएका छौँ ।”
हाम्रा सबै कर्मचारीहरुले आफूले गरेको काम अनलाइनमा अपलोड गर्न सक्नुहुन्छ । विगत दुई वर्षदेखि सुरु गरेको कम्प्युटर, इन्टरनेट तथा सवारी चालक प्रशिक्षण तालिम सबै कर्मचारीले प्राप्त गरिसकेका प्रमुख गैरेले बताए ।
कम्प्युटर, इन्टरनेट, अनलाइन तालिम प्राप्त गरी गोरखा जिल्ला हुलाकले पोस्टल इन्टर्नल प्याकिङ सिस्टम (पिआईपिएस) प्रणाली लागू गर्न सफल भएको छ । यो प्रणाली लागू गर्ने आफूहरु देशकै पहिलो जिल्ला रहेको गैरेले जानकारी दिए।
कार्यालयले जिल्लाको ११ वटै पालिकामा पिआइपिएस प्रणाली कार्यान्वयन गरेको छ । “अब गोरखा जिल्ला हुलाक तथा ११ वटै पालिका हुलाक कार्यालयमा दर्ता गरिएको चिठी तथा पार्सल कहाँ पुग्यो भनेर मोबाइलबाटै ट्रयाकिङ गरेर हेर्न सकिन्छ”, उनले भने, “यो अभ्यासले देशकै हुलाक सेवाको गरिमा बढाएको छ ।” यसले हुलाकप्रतिको विश्वासनीयता, पारदर्शिता बढाएको उहाँको भनाइ छ ।
त्यस्तै जिल्लाभरि सवारी साधनबाट डाँक सेवा सञ्चालन गरेर ‘द्रूत हुलाक सेवा’ सञ्चालन गर्न सफल भएको कार्यालय प्रमुख गैरेको भनाइ छ । उहाँका अनुसार अहिले जिल्लाको पालुङ्टार, जौबारी, भच्चेक, आरुघाट र घैरुङसम्म नियमित बसबाट डाँक बोक्ने सेवा सञ्चालन गरिएको छ ।
यसरी द्रूत सेवा सञ्चालन गरेर गोरखा जिल्ला हुलाक कार्यालयले देशभरकै उत्कृष्ट सेवा दिन सफल भएकोमा कार्यालय प्रमुख गैरेले खुसी व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण