रास्वपा–बालेन्द्र शाहबिच ‘बृहत् एकता’ सहमति केन्द्रीय समितिबाट अनुमोदन
सारांश
- रास्वपा र काठमाडौँका मेयर बालेन्द्र शाहबिचको बृहत् एकताको सहमति केन्द्रीय समितिबाट अनुमोदन भयो।
- पार्टीले भ्रष्टाचार, बेथिति र कुशासन अन्त्य गर्दै सुशासनको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेको छ।
- शनिबार राति भएको वार्तापछि बालेन्द्र शाह र रवि लामिछानेबीच सहकार्यको सहमति भएको थियो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबिच भएको ‘बृहत् एकता’ सम्बन्धी सहमति रास्वपाको केन्द्रीय समितिबाट औपचारिक रूपमा अनुमोदन भएको छ ।
आइतबार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विशेष बैठकले उक्त सहमतिको विस्तृत छलफलपछि सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । बैठकले राष्ट्रहितका लागि आँट, त्याग र आशालाई प्रतिबिम्बित गर्ने यस सहमतिको पूर्ण कार्यान्वयनमा पार्टी प्रतिबद्ध रहने निर्णय गरेको छ ।
केन्द्रीय समितिले सहमतिमार्फत मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्य गर्दै सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।
यसअघि शनिवार राति करिब सात घण्टा चलेको वार्तापछि बालेन्द्र शाहलाई सरकार प्रमुख र रवि लामिछानेलाई पार्टी सभापतिको भूमिकामा राख्दै एक ठाउँमा उभिने सहमति भएको थियो । सोही सहमतिलाई आज केन्द्रीय समितिले अनुमोदन गरेको रास्वपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण