कुलमान घिसिङ अलग देखिनु आम जनताका लागि दुःखद: सुदन गुरुङ
सारांश
- जेनजी अभियन्ता सुदन गुरुङले कुलमान घिसिङ राजनीतिक संकटमा अलग रहनु दुःखद भएको बताए।
- रास्वपा, काठमाडौं महानगरपालिका र कुलमान घिसिङबीचको वार्ता विफल भएपछि गुरुङको यस्तो प्रतिक्रिया आएको हो।
- उनले देशलाई विभाजन होइन, एकताको खाँचो रहेको र सरोकारवाला शक्तिहरूलाई एकजुट हुन आग्रह गरे।
काठमाडौं। जेनजी अभियन्ता सुदन गुरुङले राजनीतिक संकटको यस निर्णायक घडीमा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ अलग देखिनु परिवर्तन चाहने आम जनताका लागि दुःखद भएको प्रतिक्रिया दिएका छन् ।
रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङबिच आइतबार भएको वार्ता विफल भएपछि गुरुङले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सोमबार फेसबुकमार्फत उनले लेखेका छन्, ‘यो अवसर होइन, एउटा गम्भीर परिस्थिति हो । यस्तो समयमा हामीले सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिने अपेक्षा गरेका थियौँ। तर यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग देखिनु दुःखद छ । अलग राखिएको हो कि अलग रहन खोजेका हुन्, समयले बताउने छ ।’
उनले थपे, ‘आदरणीय तथा प्रिय सरोकारवाला शक्तिहरूलाई विनम्र अनुरोध छ, कृपया यस अन्तिम क्षणमा पनि हामीलाई कुनै पक्ष लिन बाध्य नपार्नुहोस् । देशलाई विभाजन होइन, एकता आवश्यक छ । त्यसैले स्पष्ट प्रश्न उठ्छ के तपाईँहरू बाँकी रहेका स्तम्भहरूलाई साँच्चिकै एकताबद्ध गर्न चाहनु भएको हो कि केवल भ्रम फैलाइरहनु भएको हो ?’
तीन पक्षबिच आइतबार मध्यरातसम्म वार्ता भएपनि पावर सेयरिङलगायतका विषयमा सहमति नजुट्दा छलफल निष्कर्षविहीन बनेको थियो । सोमबारसम्म समानुपातिक तर्फको बन्दसूची तयार गर्नुपर्ने कार्यतालिका रहेकाले त्यसअघि नै सहमति जुटाउने प्रयास भइरहेको स्रोतले जनाइएको छ । स्रोतका अनुसार बिहान १० बजेसम्म सहमति जुटाउने लक्ष्यसहित पुनः बैठक बस्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण