कसरी बनाइयो चीनमा विश्वकै सबैभन्दा लामो एक्सप्रेस–वे सुरुङ ?
सारांश
- चीनले उरुम्छी-युली एक्सप्रेस-वेको तियानशान शेङ्ली सुरुङ सञ्चालनमा ल्याएको छ, जसले यात्रा समय आधा घटाएको छ।
- यो सुरुङ सिनजियाङ उइघुर स्वायत्त क्षेत्रमा अवस्थित छ र मध्य एसियासँगको सम्बन्धलाई सहज बनाउनेछ।
- इन्जिनियरहरूले 'तीन सुरुङ प्लस चार साफ्ट' रणनीति प्रयोग गरी सुरुङ निर्माण गरेका हुन्।
बेइजिङ । चीनले आफ्नो महत्त्वाकांक्षी पूर्वाधार विकासको क्रममा उरुम्छी–युली एक्सप्रेस–वेको मुटुमा रहेको १३.७५ माइल (२२ किलोमिटर) लामो तियानशान शेङ्ली सुरुङ सञ्चालनमा ल्याएको छ । यो सुरुङ विश्वको सबैभन्दा लामो एक्सप्रेस–वे भएको मानिएको छ र यसले क्षेत्रीय राजधानी उरुम्छी र कोर्ला सहरबिचको यात्रासमय आधा घटाएर ३.५ घण्टामा झारेको चिनिया सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
सरकारी सञ्चारमाध्यमका अनुसार यो सुरुङ पाँच वर्षको अवधिमा उच्चतम प्रविधि प्रयोग गरी निर्माण गरिएको छ । यसले विगतका केही दशकहरूमा चीनले गरेका विश्वका सबैभन्दा ठुला पूर्वाधार परियोजनाहरूको सूचीमा अर्को उल्लेखनीय उपलब्धि थपेको छ । थ्री गर्जेज बाँधमा रहेको २२.५ गिगावाटको जलविद्युत् उत्पादन केन्द्रदेखि ठुला जहाजहरूका लागि अन्तर्देशीय–समुद्री जडान प्रदान गर्ने पिंगलु नहरसम्म चीनले आफ्ना परियोजनाहरूको महत्त्वाकाङ्क्षामा ठुलो फड्को मारिरहेको छ ।
- सुरुङको महत्त्व
यो सुरुङ सिनजियाङ उइघुर स्वायत्त क्षेत्रमा अवस्थित छ र तियानशान पहाडहरू हुँदै जान्छ । यो क्षेत्रले कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र पाकिस्तानसहित आठ देशहरूसँग सीमा जोडेको छ, जसले मध्य एसियासँगको सम्बन्धलाई सहज बनाउने समाचारमा जनाइएको छ । एक्सप्रेस–वे निर्माण हुनुअघि उरुम्छी र कोर्लाबिचको यात्रामा करिब सात घण्टा लाग्ने गर्थ्यो भने अब घटेर ३.५ घण्टामा झरेको छ । यसबाहेक यसले देशभरका विभिन्न आर्थिक करिडोरहरूसँग जोड्छ, जुन राष्ट्रिय दोहोरो परिसंचरण (सर्कुलेसन) रणनीतिअन्तर्गत हो ।
सुरुङको काम अप्रिल २०२० मा सुरु भएको थियो, तर इन्जिनियरहरूले निर्माणका क्रममा भूभाग र वातावरणीय अवस्थाका कारण केही चुनौतीहरू सामना गरे । सुरुङ तियानशान पर्वतमा ९ हजार ८ सय ४२ फिटको उचाइमा फैलिएको छ, जहाँ तापक्रम माइनस ४२ डिग्री सेल्सियससम्म पुग्छ । सिनजियाङ यातायात लगानी तथा विकासका प्रमुख इन्जिनियरले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार परम्परागत विधिहरू प्रयोग गरेर एक्सप्रेस–वे निर्माण गर्न चिनियाँ इन्जिनियरहरूलाई कम्तीमा एक दशक लाग्ने थियो ।
यसको समाधानका लागि इन्जिनियरहरूले ‘तीन सुरुङ प्लस चार साफ्ट’ रणनीति प्रयोग गरे । लामो, गहिरो मुख्य सुरुङ निर्माणको प्रयास गर्नुको साटो इन्जिनियरहरूले तीन सुरुङ खने । एउटा मुख्य र दुई समानान्तर ।
समानान्तर सुरुङहरूले मुख्य सुरुङ खन्नुअघि भू–वैज्ञानिक अनुसन्धानमा मद्दत गर्यो र कामदारहरूलाई साइट र उपकरणहरूमा सहज बनायो । आपत्कालीन अवस्थामा तेस्रो सुरुङ भेन्टिलेसन प्रणाली राख्न र आपत्कालीन निकास मार्गमा प्रयोग गरियो ।
चार शाफ्टहरू सतहबाट सुरुङको गहिराइमा खनेका ठाडो मार्गहरू थिए । करिब २ हजार ३०० फिट गहिरो शाफ्टहरू खनिएका थिए र तिनीहरूले अतिरिक्त प्रवेश र निकास बिन्दुका रूपमा काम गरे, जसले गर्दा काम दुई छेउबाट मात्र नभई समानान्तर रूपमा बढ्यो । विश्वको सबैभन्दा लामो एक्सप्रेस–वे सुरुङ हुनुका साथै यसले राजमार्ग सुरुङका लागि विश्वको सबैभन्दा गहिरो ठाडो शाफ्टको पनि विश्व कीर्तिमान राख्न सफल भएको दाबी गरिएको छ ।
दुई क्षेत्रबिच यात्रामा अब उत्तरतर्फ ऊर्जा र वस्तुहरूको प्रवाह र दक्षिणतर्फ कृषि उत्पादनहरूको प्रवाहलाई सहज बनाउने साउथ चाइना मर्निङ पोस्टले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण