रास्वपाको प्राइमरी मतदान सकियो, कति बजे आउँछ परिणाम ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने समानुपातिक उम्मेदवार छनोटका लागि प्राइमरी निर्वाचन सम्पन्न गरेको छ।
- निर्वाचनको परिणाम, पोलिटिकल प्रोक्सिमिटी र समावेशिताको मत सङ्कलन ५ बजेसम्ममा सक्ने बताइएको छ।
- रास्वपाले प्राइमरी निर्वाचन विधिमार्फत उम्मेदवार छनोट गरेको थियो, जसमा ५० प्रतिशत लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र समावेशिताको मापन गरिएको थियो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवार छनोटका लागि भएको प्राइमरी निर्वाचनको समय सकिएको छ ।
आज बिहान मतदान प्रक्रिया सकिएको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । प्राइमरी निर्वाचनको परिणाम, पोलिटिकल प्रोक्सिमिटी र समावेशीतर्फको मत कलेक्सन गर्नका लागि करिब ५ बज्न सक्ने उनले बताए । रास्वपाले शनिबार बिहान ७ बजेदेखि आइतबार बेलुका साँझ ७ बजेसम्म समय तोकेको थियो । तर मतदाताको चापको कारण देखाउँदै रास्वपाले सोमबार बिहान १० बजेसम्म समय थपेको थियो ।
‘मतदान गर्ने समय सकिएको छ । प्राइमरी निर्वाचनको परिणाम, पोलिटिकल प्रोक्सिमिटी र समावेशीतर्फको मत सङ्कलन गर्न करिब ५ बज्छ होला । त्यसपछि निर्वाचन आयोगमा जानेछौँ’, उनले भने ।
उम्मेदवारका आकाङ्क्षी र निर्वाचन प्रक्रियामा आएको मत सार्वजनिक गर्ने वा नगर्ने विषयमा निष्कर्षमा नपुगेको उनले बताए । रास्वपाले कात्तिक २२ गतेदेखि समानुपातिक उम्मेदवार छनोटका लागि आह्वान गरेको थियो । रास्वपालै ५० प्रतिशत लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिताको मापन र ५० प्रतिशत पार्टी सदस्यबाट प्राइमरी निर्वाचन विधि मार्फत उम्मेदवार छनोट गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण