राजनीति
उज्यालो नेपाल पार्टीले समानुपातिकको छुट्टै बन्दसूची बुझाउने
सोमबार, १४ पुस २०८२, ११ : १३
सारांश
- उज्यालो नेपाल पार्टीले समानुपातिकको छुट्टै बन्दसूची बुझाउने तयारी गरेको छ।
- रास्वपा र उज्यालो नेपालबीच एकताको विषयमा छलफल भए पनि निष्कर्ष निस्किएन।
- अन्तिम दिन भएकाले उज्यालो नेपालले छुट्टै सूची बुझाउने तयारी गरेको छ।
काठमाडौँ । उज्यालो नेपाल पार्टीले समानुपातिकको छुट्टै बन्दसूची बुझाउने तयारी थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताको विषयमा वार्ता भइरहे पनि उज्यालो नेपाल पार्टीले छुट्टै बन्द सूची बुझाउने तयारी थालेको हो ।
आइतबार बेलुका रातिसम्म रास्वपाका सभापति रवि लामिछाने, बालेन शाह (बालेन्द्र) र कुलमान घिसिङबिच एकताबारे छलफल भए पनि वाता निष्कर्षविहीन भएको थियो ।
एकताबारे थप छलफल गर्ने भनिए पनि आज समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन भएकाले छुट्टै सूची बुझाउने तयारीमा पार्टी लागेको उज्यालो नेपालका केन्द्रीय सदस्य जीतराम लामाले जानकारी दिए ।
लामाले पार्टीले आज समानुपातिकको सूची बुझाउने तयारी गरिरहेको बताए । ‘दुई पार्टीबिच वार्ता जारी रहन्छ तर उज्यालो नेपालले छुट्टै समानुपातिक बन्द सूची बुझाउने गरी अन्तिम तयारी गरिरहेको छ’ लामाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण