एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद
सारांश
- मोरङ प्रहरीले एम्बुलेन्सबाट गाँजा तस्करी गरिरहेको अवस्थामा ५२१ किलो गाँजा बरामद गरेको छ।
- प्रहरीले केराबारी गाउँपालिका-५ मा दुई जनालाई पक्राउ गरेको छ, जसले एम्बुलेन्स प्रयोग गरी गाँजा ओसारपसार गर्दै थिए।
- प्रहरीले हवाई फायर गरेपछि तस्करहरू भाग्न खोजेका थिए, र पक्राउ परेका व्यक्तिहरूमा धनकुटा र सागुरिगढीका छन्।
विराटनगर । बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गरी गाँजा तस्करी गरिरहेको अवस्थामा मोरङ प्रहरीले ठुलो परिमाणमा लागू औषध बरामद गरेको छ। आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीबाट खटिएको संयुक्त टोलीले प्र.१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्न खोजेको थियो। प्रहरी टोलीलाई देख्नासाथ एम्बुलेन्स छाडेर तस्करहरू भाग्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। सो क्रममा धनकुटा शहिदभुमी–६ का निश्चल राई र सागुरिगढी–२ का खगेन्द्र लिम्बु पक्राउ परेका छन्।
एम्बुलेन्सभित्र खानतलासी गर्दा १६ वटा पोकामा लुकाएर राखिएको ५ सय २१ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। बिरामी बोक्ने बहानामा सुरक्षा निकायको आँखा छल्न एम्बुलेन्स प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। पक्राउ परेका व्यक्तिहरू र बरामद गाँजाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण