राजनीति
समानुपातिक बन्दसूचीमा नेकपाले सबै नयाँ अनुहार पठाउने
सोमबार, १४ पुस २०८२, १२ : १२
सारांश
- नेकपाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ नयाँ अनुहार पठाउने निर्णय गरेको छ।
- अघिल्लो पटक सांसद र मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराखिने नेतृ रेखा शर्माले बताइन्।
- शीर्ष नेतृत्वलाई बन्दसूची तयार पार्ने जिम्मा दिइएको र निर्वाचन आयोगको क्लस्टर अनुसार काम भइरहेको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकमा सबै नयाँ अनुहार पठाउने भएको छ । नेकपाले अघिल्लो पटक प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य भएका तथा मन्त्री भएका कसैलाई पनि नदोहोर्याउने निर्णय भएको नेतृ रेखा शर्माले जानकारी दिइन् ।
‘प्रतिनिधिसभा, राष्ट्रियसभामा यसअघि सदस्य भएका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचिमा नराख्ने निर्णय गरेको छ । योपटक मात्र होइन हामीले पहिले पनि गर्दै आएको हो’, उनले भनिन् ।
समानुपातिक बन्दसूची तयार पार्ने जिम्मा शीर्ष नेतृत्वलाई दिएको भन्दै उनले निर्वाचन आयोगले बनाएको क्लस्टर अनुसार बन्दसूचीलाई अन्तिम रुप दिने काम भइरहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण