काठमाडौँबाट दुईवटा पेस्तोलसहित तीन जना पक्राउ
सारांश
- काठमाडौं प्रहरीले बाफलबाट दुईवटा अत्याधुनिक पेस्तोल र गोलीसहित ३ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा 'झिल्के' भनिने विकास शाही, शाहिल तिवारी र अश्विन राई रहेका छन्।
- प्रहरीले पेस्तोल, म्यागजिन, गोली र खोका समेत बरामद गरेको छ, थप अनुसन्धान जारी छ।
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले बाफल क्षेत्रबाट दुईवटा अत्याधुनिक पेस्तोल र गोलीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नागार्जुन नगरपालिका–४ बाफलमा हतियार लुकाइछिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ३२ वर्षीय ‘झिल्के’ भन्ने विकास शाही, मोरङको लेटाङ–४ घर भएका २२ वर्षीय शाहिल तिवारी र बाफल बस्ने ३३ वर्षीय 'जस्वन' भन्ने अश्विन राई रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट CF 98-900003308237 र CF 98-900011108236 नम्बरका दुईवटा पेस्तोल बरामद गरेको छ । हतियारसँगै उक्त पेस्तोलमा लाग्ने तीनवटा म्यागजिन, दुई राउन्ड गोली र दुईवटा गोलीको खोका समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन् ।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण