सेयर बजारको उत्साह टिकेन, दोहोरो अङ्कको गिरावट
काठमाडौँ । साताको दोस्रो दिन सेयर बजार परिसूचक (नेप्से) दोहोरो अङ्कको गिरावट आएको छ । अघिल्लो दिन उत्साहमूलक वृद्धि देखिएको बजारमा देखिएको उत्साह कायम रहन नसक्दा आज परिसूचक १०.५३ अङ्कले घटेर २६२२.८८ विन्दुमा ओर्लिएको हो ।
आज दिनभर कुल ३३७ कम्पनीका १ करोड ३७ हजार ३०७ कित्ता सेयर ६९ हजार ५४८ पटक खरिद–बिक्री भएका छन् ।
यस क्रममा कुल ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजारसँगै आज कारोबार रकम पनि घटेको छ । यो दिन बजारमा करिब पौने ५ अर्बको कारोबार भएको छ, अघिल्लो दिन ५ अर्ब भन्दा माथिको कारोबार भएको छ ।
आजको कारोबारमा बजारमा मन्दी देखिँदा जम्मा ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
आज बजारमा १३ समूहगत सूचकमध्ये विकास बैंक र म्युचुअल फण्ड बाहेक सबैको सूचक घटेका छन् । सबै समूहको उतारचढाव एक प्रतिशत कम रहेको छ ।
बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो नाफा कमाएका छन्। एसवाई प्यानलको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, ग्लोबल आइएमई समुन्नत योजना–२ को मूल्य ९.९४ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ६.७६ प्रतिशतले बढेको छ । आज विन नेपाल लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल नै शीर्ष स्थानमा रहेको छ । यो कम्पनीको आज २३ करोड २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । यस्तै, मञ्जुश्री फाइनान्सको १७ करोड ९८ लाख र शिवम् सिमेन्टको १३ करोड ६३ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
कुल बजार पुँजीकरण ४४ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण