ढुवानीको चुनौतीलाई अवसरमा बदल्दै यूबी कार्गो
काठमाडौं । सूचना प्रविधिको विकासले संसारलाई 'ग्लोबल भिलेज' बनाइसकेको वर्तमानमा पनि भौतिक ढुवानीको चुनौती नेपाली व्यवसायी र व्यक्तिगत पार्सल प्रयोगकर्ताका लागि जटिल रहँदै आएको छ। यस आवश्यकतालाई ध्यानमा राख्दै यूबी कार्गो एन्ड लगिस्टिक्सले नेपाली ढुवानी र कुरियर उद्योगमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ।
केही वर्षअघि अन्तर्राष्ट्रिय ढुवानीको अर्थ प्रक्रियागत झन्झट, महँगो शुल्क र सामान हराउने जोखिमसँग जोडिन्थ्यो। विशेष गरी साना व्यवसायी र व्यक्तिगत पार्सल पठाउनेहरूको लागि भन्सार र कागजी प्रक्रिया समझिन गाह्रो हुन्थ्यो। यूबी कार्गोले यही रिक्ततालाई 'वान स्टप सोलुसन' मार्फत पूर्ति गर्दै ग्राहकलाई प्याकेजिङ, भन्सार प्रक्रिया र अन्तिम डेलिभरीसम्म एउटै सेवा उपलब्ध गराएको छ।
सेवामा आधुनिक प्रविधिको प्रयोग यूबी कार्गोको विशेषता भएको सञ्चालक उत्तम भारती बताउँछन् । उसो त कम्पनीले रियल–टाइम ट्र्याकिङ प्रणाली लागू गरेर ग्राहकले आफ्नो मोबाइलबाटै सामानको स्थिति, ट्रान्जिट चरण र डेलिभरी समय थाहा पाउन सक्ने बनाएको छ। एकीकृत प्रणालीमार्फत प्याकेजिङदेखि डेलिभरीसम्मको सम्पूर्ण प्रक्रिया एउटै प्लेटफर्ममा ल्याइएपछि ग्राहकलाई झन् सहजता प्राप्त भएको छ।
सुरक्षा र विशेषज्ञतामा कम्पनीको ध्यान विशेषगरी संवेदनशील सामान र व्यापारिक कार्गोमा देखिन्छ। दक्ष जनशक्ति र विशेष ह्यान्डलिङ मापदण्डले ग्राहकलाई विश्वास प्रदान गर्दै व्यवसायिक पहिचान मजबुत बनाएको छ।
नेपालको निर्यात प्रवर्द्धनमा यूबी कार्गोको योगदान पनि उल्लेखनीय छ। हस्तकला, जडिबुटी, गलैंचा र अन्य घरेलु उत्पादनलाई अमेरिका, युरोप, जापान र खाडी मुलुकसम्म पुर्याउने नेटवर्कले नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सहज बनाएको छ। साथै, विदेशमा रहेका नेपालीलाई घरको स्वाद र मायासँग जोड्ने व्यक्तिगत पार्सल सेवा प्रदान गरेर कम्पनीले सामाजिक पक्षमा पनि आफ्नो भूमिका देखाएको छ।
ढुवानी उद्योगमा विश्वव्यापी चुनौतीहरू, जस्तै उडान तालिकाको अस्थिरता, इन्धन खर्चमा वृद्धि र जटिल भन्सार नियम, यूबी कार्गोले डिजिटल रूपान्तरण र अन्तर्राष्ट्रिय साझेदारी मार्फत समाधान गर्दै आएको छ। यसले ढुवानी लागतलाई किफायती बनाउन, दक्ष जनशक्तिको परिचालन र समस्या समाधान तत्परताका माध्यमबाट कम्पनीलाई प्रतिस्पर्धी भन्दा फरक बनाएको छ।
विश्लेषकहरूका अनुसार, नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रका लागि बलियो लगिस्टिक्स कम्पनी हुनु भनेको विश्व बजारमा प्रवेशको ढोका खोल्नु हो। यूबी कार्गोले आफ्नो सेवामार्फत केवल सामान ओसार्ने काम मात्र गरेको छैन, यसले नेपाली उत्पादनको पहिचान र नेपालीहरूको सम्बन्धलाई पनि विस्तार गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण