पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
सोमबार, १४ पुस २०८२, २३ : २१
सारांश
- प्रहरीले पर्यटक र सर्वसाधारणलाई दुःख दिने १२ जनालाई पक्राउ गरेको छ ।
- गौशाला वृत्तको टोलीले चाबहिल, गौशाला र तिलगङ्गा क्षेत्रबाट उनीहरूलाई पक्राउ गर्यो ।
- प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले उनीहरूमाथि अनुसन्धान भइरहेको बताए ।
काठमाडौँ । प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२ जनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त गौशालाको टोलीले चाबहिल, गौशाला तथा तिलगङ्गा क्षेत्रमा घुम्न गएका विदेशी पर्यटक तथा सर्वसाधारणलाई दुःख, हैरानी तथा अभद्र व्यवहार गर्ने १२ जनालाई आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण