रास्वपा–उज्यालो नेपालको सहकार्य: ‘यथास्थिति तोड्ने निर्णायक प्रयास’
सारांश
- रास्वपा, कुलमान घिसिङ र बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमतिमा पुगे।
- सोबिता गौतमले सामाजिक सञ्जालमार्फत यस निर्णयको स्वागत गरिन्।
- गौतमले राजनीतिक यथास्थितिलाई प्रतिस्थापन गर्ने प्रयासलाई निर्णायक भनिन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमतिमा पुगेपछि रास्वपा नेतृ तथा पूर्व सांसद सोबिता गौतमले त्यसको स्वागत गरेकी छन् ।
सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै गौतमले दशकौँदेखि सीमित नेताहरूले नियन्त्रण गरेको राजनीतिक यथास्थितिलाई प्रतिस्थापन गर्ने यो प्रयास निर्णायक रहेको बताएकी हुन् ।
गौतमले निलो क्रान्तिको नेतृत्वप्रति उच्च सम्मान व्यक्त गर्दै रास्वपा सभापति रवि लामिछानेप्रति पनि सम्मान प्रकट गरेकी छन् ।
‘दशकौँ देखी सीमित नेताहरूले नियन्त्रण गरेको राजनीतिक यथास्थितिलाई प्रतिस्थापन गर्ने निर्णायक प्रयास । यस प्रयासका लागि निलो क्रान्तिका सर्वोच्च कमान्डर रवि लामिछानेप्रति उच्च सम्मान’, उनले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण