मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

मङ्गलबार, १५ पुस २०८२, ०१ : २४
मङ्गलबार, १५ पुस २०८२

सारांश

  • गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ परे।
  • प्रहरीले २४ वर्षीय धनबहादुर विष्टलाई पक्राउ गर्‍यो।
  • विष्टको साथबाट खैरो हिरोइन, मोबाइल र नगद बरामद भयो।

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँबसपार्कको टोलीले टोखा नगरपालिका–९ मङ्गल टोलमा रहेको एउटा घरबाट लागुऔषध खैरो हिरोइन र नगदसहित कालीकोट नरहरिनाथ गाउँपालिका–२ का २४ वर्षीय धनबहादुर विष्टलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले गोङ्गबुको एक घरमा लागुऔषध कारोबार गरिरहेको अवस्थामा विष्टलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार निजसँगबाट खैरो हिरोइन ४५ दशमलव १८ ग्राम, विभिन्न कम्पनीका मोबाइल सात थान, नगद रु ३५ हजार, डिजिटल तराजु एक थान बरामद गरिएको छ ।

पक्राउ परेका विष्टलाई प्रहरीले जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप