पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार
सारांश
- गण्डकी प्रदेशमा ५ वर्षमा ७१ जना गर्भवती र सुत्केरीको हवाई उद्धार गरिएको छ।
- प्रदेश सरकारले जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गर्दै आएको छ।
- अठार घण्टाभन्दा बढी व्यथा, जटिल अवस्था र अन्य जोखिममा हवाई उद्धार गरिन्छ।
गण्डकी। गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१ जना जोखिममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारले जटिल अवस्थाका गर्भवती, सुत्केरी र नवशिशुको हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा पुर्याउने गरेको छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेशकुमार केसीले जोखिममा रहेका गर्भवती र सुत्केरीको जीवनरक्षाका लागि हवाई उद्धार प्रभावकारी बनेको बताए ।
प्रदेश सरकारले जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धार कार्यविधि–२०८० अनुसार हवाई उद्धारसम्बन्धी सेवा प्रदान गर्दै आएको उनको भनाइ छ ।
“सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारको प्रत्याभूतिका लागि प्रदेश सरकारले गर्भवती र सुत्केरीको हवाई उद्धार कार्यक्रम सञ्चालन गरिरहेको छ”, महाशाखा प्रमुख डा केसीले भने, “हवाई उद्धारले जोखिममा रहेका गर्भवती, सुत्केरी र नवशिशुलाई अकालमै मृत्यु हुनबाट जोगाएको छ ।”
अठार घण्टा बढी प्रसव व्यथा लागि बच्चा जन्माउन कठिनाइ भएमा, पाठेघरभन्दा बाहिर बच्चा रहेमा, गर्भमा नै शिशुको मृत्यु भएमा, गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएमा, सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएको अवस्थामा हवाई उद्धार गरिँदै आएको छ । स्थानीयस्तरमा उपचार नहुने र तत्काल आकस्मिक व्यवस्थापन हुन नसकी ज्यान जोखिममा पर्ने अवस्थाका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्ने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण