रास्वपाले बुझायो समानुपातिक उम्मेदवारको बन्दसूचीः क्रिकेटरदेखि गायकसम्म समेटिए (सूचीसहित)
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ।
- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले ११० जना उम्मेदवारको नामावली पेस गरेको जनाएको छ।
- रास्वपाको समानुपातिक बन्दसूचीमा क्रिकेटर ज्ञानेन्द्र मल्ल र गायक प्रकाश सपूत लगायतका व्यक्तिहरु छन्।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ। पार्टीले मध्यराति प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गतको बन्दसूची आयोगमा बुझाएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले समानुपातिकतर्फ ११० जना उम्मेदवारको नामावली पेस गरेको जनाएको छ ।
रास्वपाको समानुपातिक बन्दसूचीमा क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि लोकप्रिय गायक प्रकाश सपूतसम्मका व्यक्तिहरू समावेश छन् ।
यसअघि सोमबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएको थियो।
उक्त सहमतिपछि रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको हो ।
हेर्नुहाेस् सूची
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण