मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

कांग्रेसले अझै बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची

मङ्गलबार, १५ पुस २०८२, ०६ : ३०
मङ्गलबार, १५ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन ढिलाइ गर्‍यो।
  • पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएका कारण बन्दसूची बुझाउन समस्या भयो।
  • कांग्रेसभित्रको विवादका कारण उम्मेदवार छनोट प्रक्रियामा ढिलाइ भएको थियो।

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगमा आफ्नो पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन विलम्ब गरेको छ । मंगलबार बिहान ४ बजे महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार आयोग पुगे पनि बन्दसूचीमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएपछि  बिहान ६ बजेसम्म  बन्दसूची बुझाउन सकेका छैनन् । 

कांग्रेस मुख्यसचिव कृष्ण पौडेल र प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सभापति देउवाको हस्ताक्षर गराउन महाराजगन्ज पुगे पनि नफर्किएकोले बन्दसूची बुझाउन विलम्ब भएको हो । 

कांग्रेसभित्र विभिन्न समूहका नेताहरूबिच देखिएको रस्साकस्सीका कारण उम्मेदवार छनोट प्रक्रिया ढिलाइ भएको थियो । संस्थापन पक्ष र इतर पक्षबिचको विवादले सूची टुङ्ग्याउन समय लागेपछि अबेर मात्र टोली आयोग पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप