संस्कृतिले राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउँछ : पूर्वप्रधानमन्त्री नेपाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मौलिक पर्वले समाजमा शान्ति, सामाजिक न्यायको भावना सुदृढ गर्दै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने बताएका छन् ।
तमु ल्होसारका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपालका विविध सांस्कृतिक सम्पदा, चाडपर्व र संस्कृतिले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्परामा धनी भएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले विविधताले सजिएको मुलुकका फरक संस्कृतिले विश्वमा नेपालको विशिष्ट पहिचान स्थापित भएको बताए।
सबै नेपालीबीच आपसी समझदारी, सहकार्य र एकताले समुन्नत, न्यायपूर्ण र समावेशी समाजको निर्माणमा जोड दिँदै उनले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्नुपर्ने विचार व्यक्त गरे ।
उनले बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न मुलुकमा धार्मिक तथा सांस्कृतिक पर्वहरूले सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र भ्रातृत्वको विकासमा योगदान गर्ने बताए ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले संविधानले सुनिश्चित गरेको सांस्कृतिक अधिकार, स्वतन्त्रता र समानताको मर्मअनुसार सबै जाति समुदायबीच समन्वय र सहकार्यको खाँचो औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण