च्याउ उत्पादन र प्रवर्द्धन मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छः मन्त्री डा परियार
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले च्याउ उत्पादन, प्रवद्र्धन तथा व्यावसायीकरण मन्त्रालयको प्राथमिकतामा रहँदै आएको बताएका छन् ।
राष्ट्रिय च्याउ दिवसका अवसरमा आज शुभकामना दिँदै मन्त्री डा परियारले प्रविधि विस्तार, बजारीकरण तथा प्रवद्र्धन गर्न कृषि विभाग अन्तर्गतको व्यावसायिक कीट विकास केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएको बताए ।
गुणस्तरीय च्याउ उत्पादन र प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आघात प्रतिस्थापन र निर्यात प्रवद्र्धन समेतमा टेवा पुर्याउने उद्देश्यले हरेक वर्ष पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउने सरकारले निर्णय गरेबमोजिम पहिलो पटक राष्ट्रिय च्याउ दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालको कृषि गार्हस्थ्य उत्पादनमा ० दशमलव १५ प्रतिशत योगदान रहेको तथा करिब ३५ हजार किसान प्रत्यक्ष संलग्न रहेको च्याउ उपक्षेत्र साना तथा मझौला कृषकको आयआर्जनको माध्यमका रुपमा रहेको तथ्याङ्क छ । नेपालमा एक हजार १५० प्रजातिका च्याउमध्ये १४७ प्रजाति खानयोग्य, ७० प्रजाति औषधीय गुणयुक्त र १०० प्रजाति विषालु रहेको विभिन्न अध्ययनले देखाएको छ ।
विगत केही वर्षदेखि उद्यमी एवं सरकारको साथ र सहयोगका कारण च्याउको व्यावसायिक उत्पादन, प्रवद्र्धन, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनको आधार तय हुँदै गएको छ । अन्य खेतीभन्दा छिटो उत्पादन लिन सकिने, न्यून जमिन तथा कृषि सामग्रीको प्रयोगबाट समेत उत्पादन लिन सकिने र नेपालको भौगोलिक एवं जलवायु विविधताका कारण वर्षभरि उत्पादन गर्न सकिने च्याउ खेतीको व्यावसायिक उत्पादन एवं मूल्य शृङ्खला विकास स्वदेशमा रोजगारी सृजना, कृषि अर्थतन्त्रमा योगदान एवं आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको मन्त्री डा परियारले उल्लेख गरे ।
आगामी दिनमा च्याउ क्षेत्रको थप प्रवद्र्धनका लागि अध्ययन, अनुसन्धान, पूर्वाधार विकास एवं बजारीकरण प्रवद्र्धनमा संलग्न सरोकारवालालाई समन्वय र सहयोगका लागि उनले आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण