‘उज्यालो नेपाल’ले पठाएको १८ मध्ये रास्वपाले काटिदियो चार जनाको नाम
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपाल पार्टीले पठाएका १८ जनाको समानुपातिक सूचीबाट ४ जनाको नाम हटाएको छ।
- यसअघि १८ जनालाई समानुपातिकमा पठाउने सहमति भए पनि रास्वपाले ४ जनाको नाम हटाएपछि १४ जना मात्रै सिफारिस भएका छन्।
- रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताका लागि ७ बुँदे सहमति भएपछि उज्यालोले समानुपातिक बन्दसूची बुझाएको छैन, तर सदस्यहरू असन्तुष्ट छन्।
काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले आफ्नो तर्फबाट भन्दै पठाएको समानुपातिकतर्फको १८ जनाको नामबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जनाको नाम काटिदिएको पाइएकाे छ ।
साे पार्टीले पठाएका नाममध्ये रास्वपाले लाक्पा फुटी शेर्पा, देवकी पौडेल, कुमार राज सुवेदी र राजदेव रामको नाम काटिदिएको पाइएकाे हो ।
यसअघि उज्यालो पार्टीलाई समानुपातिकमा १८ जना दिने सहमति भएको थियो । तर, यी नाम काटिएपछि उज्यालो नेपालबाट सिफारिस भएका समानुपातिक उम्मेदवारको संख्या १४ मा सीमित भएको छ ।
साेमबार रास्वपा र कुलमान घिसिङ संरक्षक रहेकाे उज्यालाे नेपाल पार्टीबिच एकताका लागि ७ बुँदे सहमति भएकाे थियाे । याे सँगै उज्यालाेले तयार पारेकाे समानुपातिक बन्दसूची बुझाएन ।
तर केन्द्रीय कमिटीबाट पारित नभई एकता सहमति गरेकाे र बन्दसूचीमा सहमति गरेकाे भन्दै अहिले बहुसंख्यक केन्द्रीय सदस्य असन्तुष्ट रहेकाे केन्द्रीय सदस्य तुलसा वाइबाले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण