कोटेश्वरस्थित प्रहरी प्रभाग र ट्राफिक प्रहरी कार्यालय पुनर्निर्माणपछि हस्तान्तरण
काठमाडौँ । गत भदौ २३ र ३४ गते भएको जेनजी आन्दोलनमा उच्छृङ्खल समूहले आगजनी गरेको काठमाडौँको कोटेश्वरस्थित प्रहरी प्रभाग र ट्राफिक प्रहरी प्रभागको पुनर्निर्माण सम्पन्न भएको छ ।
स्थानीय अगुवाहरूले चन्दा सङ्कलन गरेर दुवै प्रहरी कार्यालय पुनर्निर्माण गरेका हुन् । भवन पुनर्निर्माणकाे संयोजन स्थानीय उत्तम राज भण्डारीले गरेका थिए ।
मङ्गलबार नवनिर्मित दुवै कार्यालय स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका छन् । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दुवै भवनको उद्घाटन गरे ।
भवन उद्घाटन गर्दै आईजीपी दानबहादुर कार्कीले नागरिकको भावना बुझेर प्रहरीले काम गर्नुपर्ने बताए । उनले भने, ‘समाजमा उद्दण्ड र राम्रा दुवै मान्छेहरू हुन्छन्, उद्दण्डलाई कारबाही गर्दा राम्रा मान्छे सुरक्षित हुन्छन् ।’
भवन पुनर्निर्माणमा सहयोग गर्नेहरूलाई आईजीपी कार्कीले सम्मान गरेका छन् । भदौ २४ मा आन्दोलनकारीले प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी सहायक हवल्दार अमृत गुरुङको हत्या गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण