आयोजनाहरू अधुरो छाड्ने प्रवृत्ति अन्त्य गर्न मुख्यमन्त्री कँडेलकाे निर्देशन
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको वार्षिक बजेटबाट सञ्चालन हुने विकास आयोजनाहरू अधुरो छाड्ने प्रवृत्ति तत्काल अन्त्य गर्न निर्देशन दिएका छन् ।
विगतमा एक वर्षे बजेटलाई समेत बहुवर्षीय आयोजनाजस्तै गरी आधा काम गरेर छोड्ने प्रवृत्ति मौलाएको भन्दै उनले अब त्यसको पूर्ण अन्त्य हुनुपर्नेमा जोड दिएका हुन् ।
आज कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै कँडेलले योजना छनोटदेखि कार्यान्वयनसम्म गम्भीरतापूर्वक सोच्न आवश्यक रहेको बताए ।
'स्रोत सुनिश्चितता भएका तथा बहुवर्षीय आयोजनाबाहेकका सबै योजनाहरूमा विनियोजित बजेटले नै एकै आर्थिक वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्नुहोस्,’ उनले भने,’ अर्को वर्ष थप बजेट आवश्यक पर्ने गरी आधा–अधुरो काम गर्ने प्रवृत्तिले न त विकास देखिएको छ न त नागरिकमा सकारात्मक सन्देश, खर्च भएको देखिए पनि परिणाम नदेखिने अवस्था सिर्जना भएको छ ।’
यस वर्षदेखि कुनै पनि योजना अधुरो राख्ने प्रवृत्तिलाई पूर्ण रूपमा अन्त्य गर्नुपर्ने उनले बताए ।
उनले विकास आयोजनाहरूलाई प्रभावकारी बनाउन यथार्थपरक योजना निर्माण, स्पष्ट प्राथमिकता निर्धारण र समयमै कार्यान्वयन अपरिहार्य रहेको बताए ।
योजना बनाउँदा स्थानीय आवश्यकता, कार्यान्वयन क्षमता र बजेटको आकारलाई ध्यानमा राख्नुपर्नेमा उनको जोड थियो। काम सुरु गरेपछि समयमै सम्पन्न हुने गरी अनुगमन र मूल्याङ्कन प्रणालीलाई समेत थप प्रभावकारी बनाइनुपर्ने उनको भनाइ थियो ।
बैठकमा सहभागी मन्त्री तथा सचिवहरूलाई मुख्यमन्त्री कँडेलले आ–आफ्नो मन्त्रालयअन्तर्गतका योजनाहरूको प्रगति नियमित रूपमा समीक्षा गर्न निर्देशन दिए ।
विकास निर्माणका काममा ढिलासुस्ती, समन्वयको अभाव र जिम्मेवारी पन्छाउने प्रवृत्ति अब स्वीकार्य नहुने भन्दै उनले कार्यसम्पादनमा स्पष्ट जवाफदेहिता आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण