कांग्रेस गण्डकीबाट समानुपातिकमा ११ उम्मेदवार, राष्ट्रपतिकी छोरी पनि समेटिइन्
मङ्गलबार, १५ पुस २०८२, १८ : ५७
पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट ११ जनालाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएको छ ।
निर्वाचन आयोगमा पेस भएको नामावली अनुसार राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल सहित ११ जनाको नाम रहेको छ । संज्ञाको घर कास्की हो । कास्कीबाट उनीसहित आइबहादुर गुरुङ पनि अटाएका छन् ।
यस्तै, गोरखाका जगत बराम, मुस्ताङका रोमी गौचनलाई पनि समानुपातिक सूचीमा राखिएको छ । नवलपुरकी सीतादेवी सापकोटा, स्याङजाकी माया राना, तनहुँकी इन्दिरा खनाल र पर्वतकी सिर्जना मल्ल उम्मेदवार बनेका छन् । आगामी चुनावमा बागलुङबाट ३ जना समेटिएका छन् ।
रेणुका काउचा, शकुन्तला शर्मा र पार्वती आचार्य बागलुङका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण