चिसो बढेपछि घोराहीका विद्यालयमा तीन दिन बिदा
मङ्गलबार, १५ पुस २०८२, २३ : ००
सारांश
- घोराही उपमहानगरपालिकाले चिसो बढेपछि तीन दिन विद्यालय बन्द गर्यो।
- प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीले १८ पुससम्म बिदा दिइएको जानकारी दिए।
- उनले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै बिदा दिइएको बताए।
दाङ। दाङको घोराही उपमहानगरपालिकाले अत्यधिक चिसो बढ्दै गएपछि तीन दिन विद्यालय बन्द गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीले बुधबारदेखि पुस १८ सम्म विद्यालयमा बिदा दिइएको जानकारी दिए ।
उनले चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको बताए ।
जिल्लामा सोमबारदेखि अत्यधिक चिसो बढेको छ । उपमहानगरपालिकाले अभिभावक, शिक्षक तथा विद्यार्थीलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण