नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिवका लागि दरखास्त आह्वान
बुधबार, १६ पुस २०८२, ०७ : २२
सारांश
- नेपाल खुला विश्वविद्यालयले उपकुलपति र कुलसचिव पदका लागि दरखास्त आह्वान गरेको छ।
- विश्वविद्यालय ऐन, २०७३ अनुसार उपकुलपति र कुलसचिव पदका लागि प्रक्रिया अघि बढाइएको हो।
- आवेदकहरूले २०८२ पुस ३० गतेभित्र आवेदन बुझाइसक्नुपर्नेछ।
काठमाडौँ । नेपाल खुला विश्वविद्यालयको रिक्त उपकुलपति र कुलसचिव पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ। समितिले आज एक सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरेको हो।
नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ को दफा १८ को उपदफा (१) बमोजिम उपकुलपति र सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम कुलसचिव नियुक्तिका लागि यो प्रक्रिया अघि बढाइएको हो। छनोट प्रक्रिया 'नेपाल खुला विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८२' अनुसार हुने सूचनामा उल्लेख छ।
इच्छुक र योग्य व्यक्तिहरूले २०८२ पुस ३० गते कार्यालय समयभित्र आवेदन पेस गरिसक्नुपर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण