राष्ट्रिय एकता र मेलमिलापले मात्र देशको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्न सक्छ : शेखर कोइराला
सारांश
- शेखर कोइरालाले राष्ट्रिय एकता र मेलमिलापले देशको रक्षा गर्न सकिने बताए।
- उनले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुभकामना सन्देश जारी गरे।
- कोइरालाले बिपी कोइरालाको विचारलाई मनन गर्नुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रिय एकता र मेलमिलापले मात्र देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षा गर्न सक्ने बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्– 'लोकतान्त्रिक आन्दोलनका हाम्रा श्रद्धेय नेता बिपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरू आजकै दिन “राष्ट्रिय मेलमिलापको” सन्देश दिएर आठ वर्ष भारतको प्रवास जीवन त्यागी नेपाल फर्कनु भएको थियो । त्यस समयमा विश्वमा देखिएको महाशक्ति राष्ट्रहरूको द्वन्द्व र खिचातानीबाट नेपाल जस्तो सानो र अत्यन्त संवेदनशील भूराजनीतिक स्थितिमा रहेको देशको राष्ट्रियता र स्वतन्त्रता अक्षुण्ण राख्न राष्ट्रिय एकता र मेलमिलापको विकल्प नभएको बिपीको सन्देश थियो । '
'आज पाँच दशक पछि फेरी विश्वमा महाशक्ति राष्ट्रहरूको दबाब र स्वार्थहरू अगाडि आएको हामी अनुभव गर्दछौँ । यस परिस्थितिमा हामीले हाम्रा श्रद्धेय नेता बिपीको विचारलाई फेरी एकपटक मन, बचन र कर्मले मनन गर्नुपरेको छ' , सन्देशमा उनले भनेका छन् ।
राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्त्व आज कांग्रेस एक्लैको विषय नभएको उनले बताए । राष्ट्रिय एकता र मेलमिलापको लागि आज सत्ता राजनीति भन्दा माथि सार्वभौम सम्पूर्ण नेपालीहरूको जागरूक सतर्कता सहित ऐक्यबद्धताको खाँचो रहेको कोइरालाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण