मधेसमा दल संख्या घटाउन नेताहरूको कसरत : एकतालाई दिए तीव्रता
सारांश
- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि दलहरूबीच ध्रुवीकरण बढेको छ।
- विभिन्न दलहरूले एकता र चुनावी तालमेल गरेका छन्, जसले गर्दा दलहरूको संख्या घट्दै गएको छ।
- मधेसवादी दल र अन्य पार्टीहरूलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ।
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशका राजनीतिक दलहरूबिच ध्रुवीकरण बढेको छ ।
१७ वटा दल मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ बनेको छ भने काठमाडौँका मेयर बालेनसहित दुई दल मिलेर ’राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन भएको छ । मधेसका दलहरूबिच पनि एकता र कार्यगत एकताले तीव्रता पाएको छ ।
जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी (रेणु यादव पक्ष), तराई मधेस लोकतान्त्रिक पार्टी र जनता प्रगतिशील पार्टीबिच एकता भएको छ । त्यस्तै कैलाश महतो नेतृत्वको स्वाधीन मधेस जनअभियानसँग पनि कार्यगत एकता भएको छ ।
त्यस्तै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, अशोक राई नेतृत्वको जसपा र रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालबिच पनि चुनावी तालमेल भएको छ । यी तीनवटै दलले एउटै चिह्नबाट चुनाव लड्ने निर्णय गरिसकेका छन् र उनीहरूबिच एकता हुने लगभग निश्चित छ ।
रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले नेकपासँग एकता गरिसकेको छ । जनमत पार्टीबाट अलग भएर दीपक साहले गठन गरेको सर्वोदय पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कार्यगत एकता गरिसकेको छ ।
हाल एकताबाट बाहिर रहेका डा. सीके राउत नेतृत्वको जनमत पार्टी र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीलाई पनि एकतामा ल्याउने प्रयास भइरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष जितेन्द्र सोनलले भने, ‘मोर्चामा रहेका दलहरूबिच एकता हुने कुरा यसअघि नै सहमति भइसकेको हो । केही दलहरूबिच एकताका लागि सहमति भइसकेको छ र बाँकी रहेका दलहरूलाई पनि एकतामा ल्याउने प्रयास भइरहेको छ ।’
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र जनमत पार्टीका अध्यक्ष डा. राउतसँग पनि कुराकानी चलिरहेको बताउँदै उनले उनीहरू पनि एउटै पार्टीमा आउनुपर्छ भन्ने मधेसी जनताको चाहना र माग भएकाले त्यसका लागि प्रयास भइरहेको सुनाए ।
देश संक्रमणकालीन अवस्थामा रहेको र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि नै संकट आउने बेला भइसकेकोले यसबेला एक भएर अगाडि नबढे धेरै ठुलो संकट उत्पन्न हुन सक्ने सोनलले बताए । त्यसैले सबै मधेसवादी दलसहित आदिवासी जनजातिका पार्टी तथा संगठनलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको उनको भनाइ थियो ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले पनि मोर्चामा सामेल हुन पत्र पठाएका छन् । राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले मंगलबारको बैठकमा नेपाल सद्भावना पार्टीबारे पनि छलफल हुने बताए । उनले भने, ‘नेपाल सद्भावना पार्टीबारे एजेन्डा नै बनेको छैन, तर विविधमा छलफल हुन सक्ने सम्भावना छ ।’
महासचिव झाका अनुसार सबै दलबिच एकता नभए पनि चुनावमा कुनै न कुनै रूपमा एकसाथ जाने सम्भावना छ ।
केही दलहरूबिच चुनावी तालमेल र केहीबिच एकता नै भइसकेकाले दल संख्या घटेको छ । जसअनुसार चुनावमा सिट बाँडफाँट गर्न सजिलो हुने उनको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण