निर्वाचन आयोगले दुःख दियो : रवीन्द्र मिश्र
सारांश
- राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले निर्वाचन आयोगले दुःख दिएको गुनासो गरेका छन्।
- उनले निर्वाचनको खर्च विवरण सार्वजनिक नगरेको भन्दै आयोगले सूचना जारी गरेको आरोप लगाएका छन्।
- मिश्रले आफूले बुझाएको खर्च विवरण सार्वजनिक नगरेको भन्दै प्रश्न उठाएका छन्।
काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले निर्वाचन आयोगले दुःख दिएको गुनासो गरेका छन् । निर्वाचनको खर्च विवरण सार्वजनिक नगरेको भन्दै आयोगले दुःख दिएको उनको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'गत निर्वाचनको खर्च विवरण सार्वजनिक नगरेको भनेर फेरि सूचना जारी गरेछ। गत निर्वाचनपछि पनि लगत्तै त्यस्तै सूचना जारी गरेको थियो। मैले निर्वाचन आयोगले तयार पारेको ‘खर्च विवरण’ को फारम भरेर सो फारम निर्वाचन सकिएको दुई हप्तापछि नै अर्थात् २० मङ्सिर २०७९ मा काठमाडौँ क्षेत्र नं एकको निर्वाचन आयोगको कार्यालयमा आफैँ उपस्थित भई बुझाएको थिएँ। खर्च विवरण निर्वाचन आयोगको कार्यालयले सोही मितिमा कार्यालयको छाप सहित दर्ता नं १० तोकेर बुझिलिएको थियो ।
आफ्नो खर्चविवरण प्रमुख सञ्चार माध्यमहरूमा समेत प्रकाशित भए पनि आयोगले सार्वजनिक नगरेको भन्दै सूचना जारी गरेको उनको आरोप छ ।'
'कुनै नेताले सार्वजनिक रूपमै निर्वाचनमा '६ करोड रुपैयाँ खर्च गरेँ' भन्दा स्पष्टीकरण सोधेर छोड्ने निर्वाचन आयोगले हामीजस्ता इमानदार प्रतिस्पर्धालाई चाहिँ किन सताइरहेको होला ? बरु उम्मेदवारले बुझाएको खर्च विवरण दर्ता भएपछि आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरिदिए भइहाल्छ। शङ्का लागे उम्मेदवारलाई स्पष्टीकरण सोधे भइहाल्यो', मिश्रले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद गङ्गालाल हृदयरोग केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण