बारामा १० किलो गाँजासहित दुई जना पक्राउ
रौतहट । भारतीय सीमा जोडिएको बाराको सिम्रौनगढ नगर क्षेत्रबाट प्रहरीले १० किलो लागुऔषध गाँजासहित दुई जना युवकलाई पक्राउ गरेको छ। गएराति गाँजासहित पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–३ रामनगर टोलका ३३ वर्षीय राजकुमार कुशवाहा र वर्ष २८ को पुनदेव पटेल रहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख इन्स्पेक्टर कृष्णदेव साहले बताएका छन्।
मंगलबार राति सवा ८ बजे प्रहरीलाई मोटरसाइकलमा गाँजा ओसार पसार भइरहेको सूचना प्राप्त भएको थियो। लगत्तै इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट सई बालाराज गिरी र प्रहरीचौकी अमृतगन्जबाट असई विश्वराज कुशवाहाको कमान्डमा संयुक्त टोली परिचालन गरिएको थियो।
टोलीले सिम्रौनगढ नगरपालिका ३ ब्रहमस्थान रामनगरबाट डाट गाउँ तर्फ जाँदै गरेको ना ५४ प ६१८६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा झोलामा लुकाई छिपाई राखेको दुईपोका १० किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख इन्स्पेक्टर कृष्णदेव साहले बताएका छन्।
टोलीले बरामद गाँजा, मोटरसाइकल ,चालक राजकुमार कुशवाहा र पछाडि बसेका पुनदेव पटेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर साहले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण