वीरेन्द्रनगरको सहिद पार्कमा युवा युवती मृत फेला
बुधबार, १६ पुस २०८२, ०९ : ५२
सारांश
- सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला परेका छन्।
- सहिद पार्क नजिकै जङ्गलमा शव फेला परेको थियो, बिहान मर्निङ वाक गएका स्थानीयले देखेका थिए।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ, तर मृतकको पहिचान खुलेको छैन।
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४, को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् ।
आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई देखेका थिए । लगत्तै प्रहरीलाई खबर गरेपछि अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी त्यहाँ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता श्याम प्रकाश यादवले घटनाबारे अनुसन्धान भइरहेको रातोपाटीलाई बताए । 'हामी भर्खर पुगेर अनुसन्धान गर्दै छौँ,' उनले भने, 'पहिचान पनि खुलेको छैन।'
उनीहरूको शव एकसाथ भने छैन । केही मिटर दुरीको फरकमा देखिएकोले घटना निकै शंकास्पद रहेको छ। सहिद पार्क सुर्खेतको प्रमुख पर्यटकीय स्थल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण