‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सम्पन्न, ६० हजारद्वारा अवलोकन
सारांश
- काठमाडौंमा दोस्रो राष्ट्रिय घर निर्माण फेस्ट-२०८२ सफलतापूर्वक सम्पन्न भयो, जसमा ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरे।
- फेस्टको उद्घाटन कुलमान घिसिङले गरेका थिए, जहाँ १ सय ५० भन्दा बढी स्टलहरू राखिएका थिए।
- यस फेस्टमा ६ लाख रुपैयाँमै निर्माण गर्न सकिने घर, कमाउने घर जस्ता नवीन आवासीय मोडलहरू प्रदर्शन गरियो।
काठमाडौँ । काठमाडाैँमा आयोजित दोस्रो संस्करणको ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सफलतापूर्वक सम्पन्न भएको छ । शनिबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको फेस्टमा ६० हजार बढी दर्शकले अवलोकन गरेका छन् । फेस्टको अन्तरीम सरकारका मन्त्री कुलमान घिसिङले उद्घाटन गरेका थिए ।
घर निर्माण फाउन्डेसनको आयोजनामा शिवम् सिमेन्ट पावरर्ड वाइ रहेको फेस्टलाइ प्लम्बर पाइप्सले सहकार्य गरेको थियो । निर्माणसम्बन्धी नेपालको सबैभन्दा ठुलो मेलाका रूपमा रहेको ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ मा १ सय ५० बढी स्टलहरू राखिएको थियो ।
घर बनाउने सोचमा रहेका सर्वसाधारणदेखि निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा सरोकारवाला सबैलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्यका साथ आयोजना गरिएको फेस्टमा आधुनिक तथा वैकल्पिक आवासीय अवधारणाहरू प्रस्तुत गरिएको छ ।
फेस्टमा ६ लाख रुपैयाँमै निर्माण गर्न सकिने घर, कमाउने घर (ह्वाइट रूम), आर्किड भिल्ला, तथा डोम हाउस जस्ता नवीन आवासीय मोडलहरू प्रदर्शनीमा राखिएको थियो ।
नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले अझै समान रूपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापना गर्न तथा उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले सो समस्याको सम्बोधनका लागि फेस्टले मद्दत पुर्याएको घर निर्माण फाउन्डेसनले जनाएको छ ।
प्रदर्शनीमा विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्शमार्फत व्यवसायीहरूले आफ्ना उत्पादन लक्षित ग्राहक वर्गसम्म पु¥याउन सफल भएको आयोजक घर निर्माण फाउन्डेसनका निर्देशक सफल प्रधानले जानकारी दिए । ‘यसपटकको फेस्टमा विभिन्न व्यवसायीले गरी साढे ३ सय करोड रुपैयाँ बढीको कारोबार गरेका छन्, उनले भने, ‘अधिकांश व्यवसायीले विशेष छुटको योजना अनुसार आफ्ना सामाग्री बिक्री गरेका हुन् ।’
प्रदर्शनीमा विश्व कीर्तिमानी इँटाको पनि प्रदर्शन गरिएको थियो । यस्तै जास्मिन पेन्ट्सको सहकार्यमा विश्वकै सबैभन्दा ठुलो ढाका टोपी समेत प्रदर्शन गरिएको थियो । युवा पुस्तालाई समेत सहभागिता गरिएको फेस्टमा विभिन्न इन्जिनियरिङ कलेका विद्यार्थीले तयार पारेको ३७ वटा घरका मोडेल समेत प्रदर्शनीमा राखिएको थियो ।
सो प्रदर्शनीमा कान्तिपुर इन्टरनेशनल कलेज विजेता बनेको छ भने थापाथली क्याम्पस दोस्रो र ख्वप कलेज तेस्रो भएका छन् । मेडेल कम्पिटिसन मार्फत विद्यार्थीहरूलाई आफ्नो सिर्जनशीलता, नवप्रवर्तन तथा प्राविधिक क्षमता प्रदर्शन गराउनका लागि अवसर प्रदान गरिएको थियो ।
यस्तै स्किल सेवाले पनि घर बनाउन चाहने अवलोकनकर्तालाई लक्षित गर्दै घर निर्माण सम्बन्धी कक्षा समेत सञ्चालन गरेको थियो । निःशुल्क रूपमा सञ्चालन गरिएको सो कक्षमा १५ सय बढीले प्रत्यक्ष रूपमा जानकारी लिएको स्किल सेवाका सीईओ रमेश तिमिल्सिनाले जानकारी दिए ।
फेस्टको मुख्य आकर्षक रूपमा रहेको डोम हाउसमा समेत दर्शको उल्लेख्य उपस्थिति थियो । यस्तै शिवम् सिमेन्टले पनि घर निर्माण गर्दै गरेको ग्राहकहरुका लागि निःशुल्क रूपमा परामर्श प्रदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण