मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलको सेवामा सुधार गर्न मन्त्री सिन्हाको निर्देशन

बुधबार, १६ पुस २०८२, १२ : ५५
बुधबार, १६ पुस २०८२

सारांश

  • मन्त्री अनिलकुमार सिन्हाले त्रिभुवन विमानस्थलको सेवा सुधार गर्न निर्देशन दिए।
  • विमानस्थलको सेवामा नागरिक र पर्यटकले गुणस्तरीय सेवा पाउन नसकेको मन्त्रीले बताए।
  • मन्त्री सिन्हाले हवाई यात्रालाई नागरिक मैत्री बनाउनुपर्नेमा जोड दिए।

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले त्रिभुवन विमानस्थलको सेवामा सुधार गर्न निर्देशन दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले त्रिभुवन विमानस्थलको संरचनात्मक सुधार देखिए पनि आम नागरिक र पर्यटकले गुणस्तरीय सेवा पाउन नसकेको भन्दै सेवामा सुधार गर्न निर्देशन दिएका हुन् ।

विमानस्थलमा प्रवेश गरेदेखि बाहिरिँदासम्मको असहज परिस्थिति स्वयं आफैँले भोगेको उनले बताए । मन्त्री सिन्हाले आफू अन्तरिम सरकारको मन्त्री भएकाले धेरै समय नरहे पनि बाँकी रहेको समयमा सुधारका लागि निरन्तर प्रयास गर्ने उल्लेख गरे । 

नेपालमा हवाई यात्रा विलासिता नभई जीवनपद्धति बन्न पुगेकाले यस क्षेत्रलाई नागरिक मैत्री बनाउनुपर्नेमा उनले जोड दिए । मन्त्री सिन्हाले विमान दुर्घटनाको निष्पक्ष र प्राविधिक छानबिनका लागि स्थायी र अधिकार सम्पन्न स्वतन्त्र विमान दुर्घटना आयोग वा कुनै स्वतन्त्र निकायको स्थापना गर्ने विषयमा रणनीतिक सम्बोधन गर्न अति आवश्यक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप