मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार : ६ मन्त्रीले लिए शपथ
सारांश
- मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।
- विस्तारसँगै मधेस प्रदेश सरकार १२ सदस्यीय बनेको छ, जसमा ६ जना नयाँ मन्त्री थपिएका छन्।
- नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
जनकपुरधाम । मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश सरकार मुख्यमन्त्रीसहित १२ सदस्यीय भएको छ । सरकार गठन भएको लगभग एक महिनापछि मुख्यमन्त्री कृष्ण यादवले ६ जना मन्त्रीलाई सामेल गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहण समेत गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
नयाँ मन्त्रीहरूमा मनिष सुमनले श्रम तथा यातायात, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास, शंकरप्रसाद चौधरीले वन तथा वातावरण, श्यामप्रसाद पटेलले भूमि, व्यवस्था कृषि तथा सहकारी, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण र फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण