गाजाको मानवीय अवस्थाप्रति १० देशको गम्भीर चिन्ता
काठमाडाैँ । क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आइसल्याण्ड, जापान, नर्वे, स्वीडेन, स्विट्जरल्याण्ड र बेलायतका विदेश मन्त्रीहरूले गाजामा बिग्रँदै गएको मानवीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त वक्तव्य जारी गरेका छन् ।
बेलायती विदेश कार्यालयद्वारा जारी वक्तव्यअनुसार, गाजाको मानवीय अवस्था अझै पनि विनाशकारी रहेको र हाल पुनः गम्भीर रूपमा खस्किँदै गएकोमा ती देशहरूले गहिरो चिन्ता व्यक्त गरेका हुन् । जाडो मौसम सुरु भएसँगै गाजाका सर्वसाधारण नागरिकहरू भारी वर्षा, घट्दो तापक्रम, खाद्य अभाव र स्वास्थ्य सेवाको गम्भीर कमीका कारण अत्यन्तै कठिन परिस्थितिमा बाँच्न बाध्य छन् ।
संयुक्त वक्तव्यमा इजरायली सरकारलाई गाजामा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई निरन्तर र पूर्वानुमेय रूपमा काम गर्न दिन, साथै संयुक्त राष्ट्रसङ्घ र उसका साझेदार संस्थाहरूले मानवीय सहायता पु¥याउन सक्ने वातावरण सुनिश्चित गर्न आग्रह गरिएको छ । साथै, मानवीय सहायता सहज रूपमा भित्र्याउन दोहोरो प्रयोग सामग्रीमा लगाइएका प्रतिबन्ध हटाउन र सीमा नाका खोल्न पनि इजरायललाई अनुरोध गरिएको छ ।
यसैबीच, प्यालेस्टिनी सरकारले अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसङ्घीय निकायहरूलाई गाजाका बासिन्दालाई कठोर जाडो मौसम र लगातारका आँधी–तूफानबाट जोगाउन तत्काल मानवीय कदम चाल्न आग्रह गरेको छ । रामल्लाहमा बसेको साप्ताहिक बैठकपछि जारी वक्तव्यमा गाजामा आश्रय सामग्री प्रवेश गराउन माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण