निजी क्षेत्र,सरकार र जेनजीको साझा धरातल नै समृद्ध नेपाल हो : संयोजक बम
काठमाडौँ । नेपाल जेनजी फन्डकी संयोजक रक्षा बमले निजी क्षेत्र, सरकार र युवा पुस्ता बिचको साझा धरातल नै शान्ति, सुशासन र समृद्ध नेपाल निर्माण गर्नु रहेको बताएकी छन् ।
बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले समाजका हरेक सरोकारवालाहरूले आ–आफ्नो भागको जिम्मेवारी लिएर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिइन् ।
पछिल्लो तीन महिनाका राजनीतिक घटनाक्रमहरूलाई आफ्नो पुस्ताका लागि तीन दशक को सिकाइ जस्तो महसुस भएको बताइन्। संयोजक बमले भनिन- ‘जिन्दगी भनेको साझा धरातलहरू खोज्ने र त्यसैलाई सन्तुलन गर्दै जाने रहेछ। निजी क्षेत्र, सरकार र हामी (युवा) बिचको साझा धरातल भनेकै शान्ति, समृद्धि, सुखी नेपाली र सुशासन हो।’
सबै पक्षले भ्रष्टाचारमुक्त समाज र सुशासन चाहे पनि व्यवहारमा किन भ्रष्टाचार व्याप्त छ भन्ने प्रश्न गर्दै उनले सबैलाई आत्ममन्थन गर्न आग्रह गरिन् ।
‘तपाईंहरू पनि भ्रष्टाचार नहोस् भन्नुहुन्छ, हामी पनि त्यही भन्छौँ, नेताहरू पनि त्यही भन्नुहुन्छ। तर पनि देशमा किन भ्रष्टाचार र कुशासन छ,’ उनले प्रश्न गरिन्- ‘अब हामीले अरूलाई गाली गर्नुभन्दा पनि आफ्नो भागको जिम्मेवारी कति पूरा गर्यौँ भनेर सोच्ने बेला आएको छ।’
संयोजक बमले गम्भीर सहानुभूति प्रकट गरिन्। ‘हाम्रो आन्दोलन भदौ २३ मा निजी क्षेत्रलाई क्षति पुर्याउने उद्देश्य थिएन । २४ गते जे भयो, त्यसप्रति हाम्रो सहानुभूति छ,’ उनले भनिन्, ‘हामी चाहन्छौँ कि सरकारले निजी क्षेत्रको क्षतिलाई सम्बोधन गरोस् र निजी क्षेत्रले पनि युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गरिदियोस् ।’
मुलुक अहिले नयाँ यात्रा र नयाँ म्यान्डेटको पर्खाइमा रहेको उल्लेख गर्दै उनले आसन्न निर्वाचनलाई सफल पार्न सबैको सहकार्य आवश्यक रहेको बताइन् । युवा पुस्ता देश बनाउन प्रतिबद्ध रहेको र निजी क्षेत्र समृद्धिको यात्रामा अभिन्न अङ्ग हुनुपर्ने उनको धारणा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण