नेपालमा आउँछन् १४ देशबाट २७ एयरलाइन्सका विमान, कहाँबाट कुन कुन ?
सारांश
- नेपालमा १४ देशका २७ एयरलाइन्स कम्पनीका विमान आउने गर्छन्।
- भारत र चीनका एयरलाइन्स कम्पनीहरूले नेपालमा धेरै उडान भर्छन्।
- यूएई, थाइल्यान्ड र अन्य देशका एयरलाइन्सले पनि नेपालमा उडान भर्ने गर्छन्।
काठमाडौँ । नेपालका १४ देशका २७ एयरलाइन्स कम्पनीका विमान नेपाल आउने गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एसियादेखि युरोपसम्मका देशबाट नेपालमा उडान भर्ने गरेका हुन् । नेपालमा तीन सहित ३० एयरलाइन्सले उडान भर्ने गरेका छन् ।
प्राधिकरणका अनुसार नेपालमा हाल सबैभन्दा धेरै उडान भारतीय र चिनियाँ कम्पनीले भर्ने गरेका छन् । भारतबाट एयर इन्डिया, इन्डिगो एयरलाइन्स, स्पाइस जेट, एयर इन्डिया एक्सप्रेस समेत गरी चार विमानले नेपालमा उडान भर्दै आएका छन् ।
त्यस्तै, चिनियाँ एयरलाइन्स कम्पनीहरू एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउथन एयरलाइन्स र सिचुवान एयरलाइन्सले नेपालमा उडान भरिरहेका छन् ।
त्यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई) र थाइल्यान्डबाट तीन तीन एयरलाइन्सले नेपालमा उडान गर्दै आएका छन् । युएईका फ्लाइ दुबई, एयर अरेबिया र एयर अरेबिया अरेबिया अवुधावीले उडान भर्दै आएका छन् ।
त्यस्तै, मलेसिया, कुवेत र भुटानका दुई/दुई एयरलाइन्सले उडान गर्दै आएका छन् । मलेसियाबाट बाटिक एयर र मलेसिया एयरलाइन्स, कुवेतबाट जजिरा एयरवेज र कुवेर एयरवेज तथा भुटानबाट ड्रुक एयर र तासी एयरले नेपालमा उडान अनुमति पाएका छन् ।
बाँकी ७ देशका कम्पनीका एक÷एक एयरलाइन्सले उडान नेपालमा उडान गर्ने गरेका छन् । कतारबाट कतार एयरवेज, दक्षिण कोरियाबाट कोरियन एयर, टर्कीबाट टर्किस एयरलाइन्स, श्रीलङ्काबाट श्रीलङ्कन एयरलाइन्स, सिंगापुरबाट सिंगापुर एयरलाइन्स, बङ्गलादेशबाट विमान बङ्गलादेश तथा हङकङबाट क्याथी प्यासिफिक एसियाले नेपालमा उडान गरिरहेका छन् ।
नेपाली विमान कम्पनीहरू नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दा बुद्ध एयरले पनि भारतका विभिन्न सहरमा उडान गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण