मेरो राजनीतिक चिन्ता भन्दा पार्टीभित्रको लोकतन्त्र जोगाउने चिन्ता लिनुहोला : सुमना श्रेष्ठ
बुधबार, १६ पुस २०८२, १८ : ०७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की पूर्व नेतृ सुमना श्रेष्ठले आफ्नो राजनीतिक चिन्दाभन्दा पार्टीभित्रको लोकतान्त्रिक मूल्यमान्यता जोगाउने चिन्ता गर्न आग्रह गरेकी छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै श्रेष्ठले यस्तो बताएकी हुन् ।
जनताको आवाजको प्रतिनिधित्व नै राजनीतिको स्थायी कर्म भएको बताउँदै केही नियोजित गाली बाहेक सबै चासो, चिन्ता र आलोचनामा माया देखेको बताइन् ।
उनले नयाँ रास्वपामा नयाँ सम्भावनाहरूले फल्ने वातावरण मिलोस् भन्दै शुभकामना समेत दिइन् ।
व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न नभएको बताउँदै उनले भनिन्,'रास्वपा छोडेको पनि त्यहाँ अवसर नपाएर हैन। देशका युवाहरूका लागि देशमै समान अवसर बनाउने र नेपालीलाई नेपालीमात्र भएर बाँच्न सक्ने अवसर बनाउने बाहेक कुनै एजेण्डा छैन मेरो।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण