अब नेताहरुमा पार्टी फुटाउने भावना आए त्यो ‘ठूलो पाप’ हुन्छ : राप्रपा नेता कार्की
सारांश
- राप्रपाका युवा नेता हिक्मत जंग कार्कीले पार्टी विभाजन नगर्न आग्रह गरे।
- पार्टी एकीकरणपछि उनले विगतमा पार्टी फुट्ने शृङ्खला दोहोरिन नहुने बताए।
- उनले युवा पुस्ताको भविष्य पार्टीसँग जोडिएको र पार्टी फुटाउनु ठूलो अपराध हुने बताए।
काठमाडौँ । राप्रपाका युवा नेता हिक्मत जंग कार्कीले अब कसैले पनि पार्टी विभाजन गर्न नहुने बताएका छन् ।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता भएकोमा खुसी व्यक्त गर्दै अब कसैले पनि पार्टी विभाजन गर्न नहुने बताएका हुन् ।
नेता कार्कीले पार्टी एकीकरणले आम कार्यकर्तामा प्रसन्नता र खुसीयाली छाएको बताए। तर, उनले विगतमा पनि यसैगरी हस्ताक्षर हुने र पटक-पटक पार्टी फुट्ने, टुट्ने र चोइटिने शृङ्खला चलेको स्मरण गर्दै यस पटक त्यस्तो हुन नदिन आग्रह गरे। उनले भने, 'विगतका दिनहरूलाई हामीले बिर्सेका छैनौँ, पटक-पटक पार्टी फुट्ने र टुट्ने अनुभव हामीले गरेका छौँ। यस पटक त्यस्तो नहोस्।'
युवाहरू केवल नेतालाई हेरेर मात्र पार्टीमा नलागेको बताउँदै कार्कीले पार्टीको भविष्यसँगै आफ्नो भविष्य पनि जोडिएको उल्लेख गरे। उनले नेतृत्वलाई अनुरोध गर्दै भने, 'हामी युवाहरू यो पार्टीमा लागेको तपाईंहरूलाई हेरेर मात्र होइन, तपाईंहरूसँगै हाम्रो भविष्य पनि हेरेका छौँ। हाम्रो भविष्य नबिग्रिने हिसाबले आगामी दिनमा काम होस्।'
नेता कार्कीले पार्टी फुटाउने कुरालाई गम्भीर अपराधको रूपमा चित्रण गरेका छन्। उनले आगामी दिनमा कसैको मनमा पार्टी फुटाउने वा टुटाउने खालको भावना आएमा त्यो ‘ठूलो पाप’ हुने बताए। पार्टीले गति लिइरहेको समयमा फुट पैदा गर्नुले संगठनको गतिलाई भङ्ग गर्ने उनको तर्क छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण