गोली लागेर एक जनाको मृत्यु, हतियारसहित पाँच सिकारी पक्राउ
सुर्खेत । यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट खारा जङ्गलमा गोली लागेर प्रचण्डदेव सिंहको मृत्यु भएको आरोपमा अन्य पाँच जना सिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
मृतक प्रचण्डदेवसहित सोही वडाका ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की, ३१ वर्षीय लालबहादुर सिंह एकसाथ सिकार खेल्न जङ्गल गएको प्रहरीले जनाएको छ ।
सिकार खेल्न गएका ६ जनामध्ये प्रचण्डदेवलाई गोली लागेर मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी सुधीरकुमार खडकाले जानकारी दिए । पक्राउ परेकाबाट तीन थान भरुवा बन्दुक, फलामको दुई थान चक्कु, बारुद १३५.१८ ग्राम, भरुवा बन्दुकमा प्रयोग हुने ११ थान गोली बरामत गरिएको सूचना अधिकारी खडकाले जानकारी दिए । पक्राउ परेकालाई आजै हतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालतमा सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण